site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सामाजिक सञ्जाल विधेयक जस्तो छ, त्यसरी कानुन बनाउन दिइँदैन : गगन थापा 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक गलत भएको बताएका छन् । कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रमलाई दिएको अन्तर्वार्तामा उनले सामाजिक सञ्जाल विधेयक पर्याप्त छलफल नगरी अनुपयुक्त तरिकाले ल्याइएको भन्दै त्यसलाई रोक्ने बताए ।

“यो विधेयक (सामाजिक सञ्जाल विधेयक) गलत छ,” थापाले भने, “जसरी आएको छ त्यसरी कानुन बन्दैन, बन्नु हुँदैन, बन्न दिइँदैन ।”

तत्कालीन नेकपा सरकारले सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल नियमनको विषय राख्दा थापाले संसद्मा विरोध जनाएका थिए । ‘तँ बोल त्यति मात्र म जति भन्छु...’ भन्ने कवितासहित त्यति बेला उनले सरकार निरंकुश भएको बताएका थिए ।

हाल कांग्रेस सत्तामा रहेका बेला ल्याइएको विधेयकप्रति सांसद थापाको त्यति बेलाका अभिव्यक्तिको प्रसंगसहित आलोचना भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्