site stats
बाह्रखरी :: Baahrakhari
देश
अस्पतालले बिमाको ६५ प्रतिशत रकम औषधि–उपकरणमा खर्च गर्नुपर्ने 

काठमाडौं । स्वास्थ्य बिमा सेवाप्रदायक स्वास्थ्य संस्थाले अब ६५ प्रतिशत रकम औषधि खरिद र उपकरणमा लगाउनुपर्ने भएको छ । 

स्वास्थ्य बिमा बोर्डले प्रदान गरेको शोधभर्ना रकमबाट ३५ प्रतिशत औषधि र ३० प्रतिशत उपकरणमा खर्च गर्न बोर्डले निर्देशन दिएको हो । 

बिमाबापतको सेवा दिने अस्पतालमा आवश्यक चेकजाँच सुविधा तथा औषधि नपाएको गुनासो लगातार आएपछि बोर्डले यस्तो निर्णय गरेको हो । सरकारी र निजी गरी हाल ४८२ संस्थाले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्