site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
समयलाई बिन्ती
Argakhachi Cement Island Ad

श्यामकृष्ण लम्साल


सारा जन्तुहरू स्वतन्त्र हुन्
बाँधिएका हातहरू फुकुवा गराऊ
रोप सुन्दर फूलहरू
र फूलहरूलाई फुल्न देऊ
अनि,
सुन्दर संसारको निर्माण गरी
दुनियाँलाई खुसी, सुखी तुल्याइदेऊ
इतिहासमा कुनै दिन
दुःख थियोे
पीडा थियो
मानव मानवजस्ता थिएनन्
निर्जन गाउँबस्तीहरूमा
सन्नाटा थियोे
मान्छेले मान्छेको रूपमा
मान्छे बन्न सकेका थिएनन् भन्ने उक्ति
एकादेशको दन्त्यकथाको हिस्सा थियो भनेर
वर्तमानले भन्ने गरी
आधुनिक
सुसभ्य
र सुरम्य वातावरणको निर्माण गरी
समय, सबैमा खुसियाली ल्याइदेऊ
दुखियाको संसारको अवशेष
अब कहीँ पनि जीवित छैन भन्ने
उद्घोष गरिदेऊ ।

(दिङ्ला, भोजपुर)

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्