site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

काठमाडौं । भारतीय वायुसेना (आईएएफ)को लडाकु विमान मिराज–२००० बिहीबार मध्य प्रदेशको शिवपुरी जिल्लामा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुवै पाइलट घाइते भएको र अधिकारीहरू घटनास्थलमा पुगेको बताइएको छ ।

Argakhachi Cement Island Ad

"प्राविधिक गडबडीका कारण शिवपुरी ग्वालियरमा मिराज २००० दुर्घटनाग्रस्त भएको हो," भारतीय वायुसेनाले विज्ञप्तिमा भनिएको छ, "यो नियमित प्रशिक्षण उडानमा थियो। दुवै पाइलट सकुशल छन् । घटनाको अनुसन्धान गर्न कोर्ट अफ इन्क्वायरीलाई आदेश दिइएको छ ।"

 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्