site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारलाई सुमनाले सोधिन्– कन्टेन्ट क्रियसन भनेको के हो, थाहा छ ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सरकारले ल्याएको समाजिक सञ्जाल विधेयकको विरोध गरेकी छन् । उनले 'कन्टेन्ट क्रियसन' र 'पर्सनल ब्रान्डिङ'बारे नबुझेरै विधेयक ल्याइएको टिप्पणी गरिन् ।

“युवालाई बोलाउनुस्, युवासँग संवाद गर्नुस्, जनताको आवाज सुन्नुस्,” सुमनाले भनिन्, “पेलेरै गोलमटोलरूपमा कसरी विधेयक पास हुन्छ, हामीले देखेकै छौँ । कसरी दुईतिहाइको दम्भ प्रयोग हुन्छ, कसरी मेजोरिटी (बहुमत)को दम्भ प्रयोग हुन्छ, त्यो पनि हामीले देखेकै छौँ ।”

उनले दम्भ छाडेर 'कन्टेन्ट क्रियटर'हरूलाई बोलाएर सोध्न पनि आग्रह गरिन् । “कन्टेन्ट क्रियटरहरूलाई बोलाउनुस्, छलफल गर्नुस् र सोध्नुस्– कन्टेन्ट क्रियसन भनेको के हो ? कसरी सोसल मिडियामा आफ्नो पर्सनल आइडेन्टिटी बनाइन्छ ? कसरी पर्सनल ब्रान्डिङ गरिन्छ ?,” सुमनाले भनिन्, “यति सिम्पल कुरा पनि नबुझेर यो विधेयक ल्याइएको छ ।”

उनले विधेयकविरुद्ध समाजिक सञ्जालमा चलेको 'ह्यासट्याग अभियान'का विषयमा जानकारी दिँदै विधेयक पुनर्विचारका लागि दिएको दबाबको सुनुवाइ पनि संसद्ले गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्