site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्‍‌मा आज अध्यादेश निर्णयार्थ पेस नगरिने

काठमाडौं । सरकारले हालै ल्याएका अध्यादेश आज संसद्‌मा निणयार्थ पेस नगरिने भएको छ । आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा अध्यादेश निणयार्थ पेस नगरिने भएको हो ।

यसअघि, संघीय संसद् सचिवालयले आजको बैठकका लागि जारी गरेको सम्भावित कार्यसूचीमा अध्यादेश निर्णयार्थ पेस गर्ने उल्लेख थियो । तर, कार्यसूचीमा त्यो विषय नराखिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

अध्यादेशबारे जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्णय नगर्दा कार्यसूचीमा नराखिएको बुझिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्