site stats
बाह्रखरी :: Baahrakhari
देश
रविविरुद्ध थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै 

काठमाडौं । सहारा चितवन सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध थुनछेक बहस सुरु भएको छ । लामिछानेको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको हो । 

अहिले सरकारी वकिलले बहस गरिरहेका छन् । जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ता बुद्धबहादुर थापाले बहस गर्ने गरी वकालतमा नाम लेखाइएको छ । 

बहस जारी रहेको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्