site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सामाजिक सुरक्षा भत्ताको सम्पूर्ण श्रेय प्रधानमन्त्रीलाई : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षा भत्ताको सम्पूर्ण श्रेय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने बताएका छन् । 

सोमबार रुपन्देहीको तिलोत्तमामा बन्न लागेको ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवाको अत्याधुनिक भवनको शिलान्यास गर्दै उनले केपी शर्मा ओलीको प्रयत्नबाट सामाजिक सुरक्षा भत्ताले निरन्तरता पाएको भन्दै यसको सम्पूर्ण श्रेय उनलाई दिनुपर्ने बताए । 

उनले ज्येष्ठ नागरिकको सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने भन्दै वर्तमान सरकार यी कुराका निम्ति सचेत र संवेदनशील रहेको धारणा राखे । 

समाजमा धेरै चिज हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले पुरानो पुस्ताले नयाँ पुस्तालाई ज्ञान सीप र अनुभवलाई हस्तान्तरण गरेर जानुपर्ने उल्लेख गरे । 

अर्थमन्त्री पौडेलले सरकारले ज्येष्ठ नागरिकप्रति गरेको काम पर्याप्त नरहेकाले थप जिम्मेवारीका साथ सरकार अघि बढ्ने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्