site stats
बाह्रखरी :: Baahrakhari
देश
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
प्रतीकात्मक तस्बिर।

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर डाइभर्सनमा ठोक्किएको थियो । जसमा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए ।

टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्