site stats
बाह्रखरी :: Baahrakhari
देश
ठमेलमा आगलागी, ६५ लाखको क्षति
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक घरमा शनिबार बिहान आगलागी हुँदा ६५ लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका–२६, ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्नेबित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ । रासस
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्