site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको भूमि व्यवस्था विभागमा १० सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोवास समन्वय विभागमा १० सदस्य मनोनीत गरेको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम विभागका सदस्य थप गरेका हुन् । 

पार्टीका केन्द्रीय सदस्य श्री नृपबहादुर वड प्रमुख रहेको उक्त विभागमा राजकुमार पाण्डे, ज्ञानबहादुर शाही, देवकीदेवी सिंह, कल्पना श्रेष्ठ, श्यामकृष्ण महर्जन मनोनीत भएका छन् । 

त्यस्तै, थपिएका अन्य सदस्यमा सरिता बीसी, विजयजंग बस्नेत, प्रेमबहादुर विक, सञ्जीव पुडासैनी र सपुतबहादुर कार्की रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

 

congress-bibhag-1738394625.jpg
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्