site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार बिहान संसद् भवनस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो ।

बैठकमा अध्यादेशबारे सरकारमा सहभागी मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने तय भएको छ । यस्तै, समसामयिक राजनीति विषयमा पनि छलफल हुनेछ । बैठकमा संसद्‌मा कसरी प्रस्तुत हुने भन्नेबारे सांसदहरूलाई प्रशिक्षण पनि दिइने कांग्रेस नेताहरू बताउँछन् ।

आजदेखि संसद्को हिउँदे अधिवेशन बोलाइएको छ । जसमा सरकारका काम कारबाहीबारे एकमत भएर आफ्ना आवाज उठाउनेबारे पनि प्रशिक्षण दिइनेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्