site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
ज्योति साहित्य प्रतिष्ठानको १८औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठान र नेपाली सरोकार राष्ट्रिय मासिक पत्रिकाले एक कार्यक्रमकाबीच विभिन्न साहित्यकार, कवि, लेखकहरूलाई सम्मानित गरेको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि शैलेन्द्र साकारले कवि कृष्ण प्रधान, कथाकार भागिरथी श्रेष्ठ, पद्मावती सिंह, कवि लक्ष्मी माली, सुरेन्द्र लिम्बू परदेशी (भारत), बलराम दहाललाई ‘स्रष्टा सम्मान’ प्रदान गरे ।

कार्यक्रममा कवि मणिराज सिंह, समाजसेवी तिलप्रसाद न्यौपाने र विभिन्न समाजसेवी घननारायण श्रेष्ठलाई ‘बीपी साहित्यिक सम्मान’ प्रदान गरियो ।

Argakhachi Cement Island Ad

सोही अवसरमा सर्जकहरू शीतल कादम्बिनी, रूकू कार्की, राजेश खनाल, राजनविक्रम थापा, सुरेन्द्र अस्तफल (नारायणघाट), दिनेश शर्मा (हेटौडा), भीम विरही राई (धरान), सुमित्रा सुमी (नुवाकोट)लाई ‘ज्योति स्रष्टा सम्मान’ प्रदान गरियो ।

कार्यक्रममा ‘ज्योति प्रतिभा सम्मान’ रवीन्द्र आशिष शैली, गंगा आचार्य सापकोटा, श्रीराम पाण्डे, श्रीराम पौडेललाई प्रदान गरियो । 

कार्यक्रममा प्रमुख अतिथि कवि साकारले यस किसिमका सम्मानबाट साहित्यकारहरूलाई ऊर्जा प्राप्त हुने बताए । 

कार्यक्रममा मणिराज सिंह, हिरण्यकुमारी पाठकलगायतका सर्जकहरूले बोलेका थिए । उक्त अवसरमा विभिन्न कविहरूले कविता वाचनसमेत गरे ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्