site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा सचिवालय बैठक सोमबार, यस्ता छन् एजेन्डा 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक भोलि (सोमबार) बस्दै छ । 

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१) माथि छलफल हुने रास्वपाले जनाएको छ ।

सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनलगायत विषय छलफलका एजेन्डा रहेको रास्वपा कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् । 

बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ । 
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्