site stats
बाह्रखरी :: Baahrakhari
देश
बीपी क्यान्सर अस्पतालका कर्मचारी नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर

काठमाडौं । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका जुनियर असिस्टेन्ट मनसुन नेपाल नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले नेपाललाई दोषी ठहर गरेको हो । 

उनलाई ६ महिना कैद र १० हजार जरिवाना हुने फैसला सुनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस ७ गने विशेष अदातमा मुद्दा दायर गरेका थियो । नेपालले जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि पेस गरेको एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली प्रमाणित भएको हो । 

सो प्रमाणपत्र पेस गरेर उनले बढुवा समेत लिएका थिए । नेपालले ०७८ चैत २१ मा सो प्रमाणपत्र पेस गरी ०७९ असोज २८ मा बढुवा लिएका लिएका थिए । उनले थप चार सय रुपैयाँ अपराध पीडित संरक्षण कोषमा क्षतिपूर्तिसमेत बुझाउनुपर्नेछ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्