site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको विभागमा सदस्य मनोनीत गरेका हुन् ।

मनोनीत हुने सदस्यहरूमा कृष्णबहादुर केसी, सुमित्रा खनाल, विजय भुसाल, श्री राधेश्याम पाठक, ब्रह्मप्रकाश रौनियार, मेघनाथ यादव, झनकराज तिमिल्सिना, भीमबहादुर शाही, जीतबहादुर लामा र सन्तोष कोइराला (परियार) छन् ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्