site stats
बाह्रखरी :: Baahrakhari
देश
रुखबाट खसेर महिलाको मृत्यु

बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिकामा रुखबाट खसेर एकजना महिलाको मृत्यु भएको छ । 

बुढीगंगा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थमा मृत्यु भएको नेपाली कांग्रेस बुढीगंगा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले बताए । 

मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिए । रासस

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्