site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्ताको दुरूपयोग भइरहेको छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ताको दुरूपयोग भइरहेको आरोप लगाएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सत्ताको बारेमा आफूले कुनै कुरा नगरेको उल्लेख गर्दै सरकारले संविधान र संसद्लाई उपेक्षा गरेको बताए ।

संसद्को बैठकलाई छलेर र विधेयकहरू समितिमा विचाराधीन रहेको अवस्थामा अध्यादेश ल्याउन नहुने उल्लेख गरे ।

अध्यादेश ल्याउनका लागि समितिमा विचाराधीन विधेयक पहिला फिर्ता गर्नुपर्ने बताए । अध्यादेश ल्याउँदा पनि सबैसँग छलफल भए विवाद कम हुने उल्लेख गरे ।

उनले भने, "मैले सत्ताको बारेमा केही भनेको छैन । सत्ताको दुरूपयोग भइरहेको छ । सरकारले संविधानलाई र संसद्लाई उपेक्षा गर्ने काम गरिरहेको छ । संसद्को बैठकलाई छलेर त्यसमा पनि विधेयकहरू समितिमा विचाराधीन रहेको अवस्थामा अध्यादेश ल्याउने काम भएको छ । यो नियम विपरीतको काम हो । यस्तो कामको बारेमा सरकारलाई हामीले खबरदारी गर्नुपर्छ । यस्ता कुराबाट पछि हटोस् भनेर त्यसको निम्ति दबाब दिनुपर्छ ।"

अध्यक्ष नेपालले सरकारले राम्रा काम गरोस् भन्ने आफूहरूको शुभेक्षा रहेको बताए ।

 

 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्