site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपतिले जारी गरे भूमिसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपतिले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।

उनले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

२६ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले भूमिसम्बन्धीसहित पाँच अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । अरू चार अध्यादेश यसअघि नै जारी भइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्