site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
झलनाथको आरोप : विकासको गति उल्टो दिशातर्फ 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा विकासको गति उल्टो दिशातर्फ फर्किएको आरोप लगाएका छन् । 

माघेसंक्रान्तिका अवसरमा इलाम विकास समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले जनतामा देश विकासको बाटोतर्फ अघि बढोस् भन्ने चाहना भए पनि विकासको गति उल्टो दिशातर्फ फर्किएको अवस्था रहेको बताएका हुन् । 

देशमा दुईतिहाइको सरकार रहे पनि मुलुकको विकास निर्माणको अवस्था गति न मतिको रहेको उनले बताए । खनालले अहिले मुलुकको हरक्षेत्रमा समस्यामात्रै रहेको जिकिर गरे । 

उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशलाई हरहालतमा सफलतातर्फ अघि बढाउनुपर्ने धारणा पनि राखे । 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्