site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य बिमामा आबद्ध बिरामीलाई व्यक्ति भएकै ठाउँबाट रिफरको व्यवस्था मिलाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमामा आबद्ध बिरामीलाई व्यक्ति भएकै ठाउँबाट रिफर दिने गरी तयारी गरेकाे छ । स्वास्थ्यमन्त्री प्रदीप पाैडेलले साेमबार राष्ट्रियसभा अन्तर्गतकाे सार्वजनिक नीति तथा प्रत्यायाेजित विधायन समितिमा रिफरल प्रणाली सहज बनाउने तयारी भएको जानकारी दिए ।

"रिफरल प्रणाली झन्झटिलो भइरहेकाे अवस्थामा व्यक्ति भएकै ठाउँबाट रिफर दिने गरी केही दिनमा नै निर्णय गर्दै छाैँ," उनले भने ।

स्वास्थ्यमा हाल राज्यले प्रदान गर्दै आएका कार्यक्रमको खर्चलाई बिमा काेषमा ल्याएर बिमामार्फत नै सबै राेगकाे उपचार हुने गरी प्रस्ताव गरी प्रधानमन्त्रीसमक्ष पुर्‍याएकाे उनले बताए ।

साथै, स्ट्राेककाे उपचारमा प्रयाेग हुने औषधि पनि नि:शुल्क गर्ने तयारी भएको मन्त्री पौडेलले बाताए ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्