site stats
बाह्रखरी :: Baahrakhari
देश
वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि यूके (बेलायत) लैजाने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । 

प्रहरीले दोलखा जिल्ला बैतेश्वर गापा ३ घर भई हाल काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नपा ८ बस्ने वर्ष २४ का रामकृष्ण दाहाललाई पक्राउ गरेको हो ।

पीडितहरुले लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्कविहीन भएको भन्दै दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा निजलाई काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नपा ८ बाट बुधबार पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ । 

पीडितबाट उनले ३१ लाख ५० हजार रुपैयाँ लिएको बुझिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिएका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्