site stats
बाह्रखरी :: Baahrakhari
देश
चीनबाट ल्याइएको अवैध भेप बरामद, अनुमानित मूल्य ३० देखि ५० करोड 
फाइल तस्बिर ।

काठमाडौं । राजस्व अनुसन्धान विभागले ललितपुरको इमाडोलबाट ठूलो परिमाणमा भेप बरामद गरेको छ । चीनबाट अवैध तरिकाले ल्याइएका ती भेपको बजार मूल्य ३० देखि ५० करोड रुपैयाँसम्म रहेको प्रारम्भिक अनुमान छ । 

चीनबाट अवैध तरिकाले भेप ल्याउने रमेश शेर्पा र पवन साह भनिने त्रिभुवन साह दुवै फरार रहेको राजस्व अनुसन्धान विभागका एक अधिकृतले बाह्रखरीलाई बताए । 

फरार शेर्पा र साहको खोजीकार्य भइरहेको छ । भेप मंगलबार राति बरामद गरिएको थियो । 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्