site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.१६ अंकले बढेको छ । नेप्से बढे पनि कारोबार रकममा कमी आएको छ ।

आज ९२ करोड सात लाख रुपैयाँले घटेर पाँच अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । सोमबार ६ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

नेप्से परिसूचक आज २,६४६.८४ विन्दुमा बन्द भएको छ । आज ​​१२५ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १०८ कम्पनीको सेयरमूल्य घटेको छ । दश कम्पनीको सेयरमूल्य स्थिर छ ।

आज सप्तकोसी डेभलपमेन्ट बैंक, ङ्यादी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

आज चार समूहको सेयरमूल्य घटेको छ । फाइनान्स समूहको परिसूचक २.६५ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्