site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कसैले विरोध गर्दैमा सहकारी प्रकरणको छानबिन प्रभावित हुँदैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कसैले विरोध गर्दैमा सहकारी प्रकरणको छानबिन प्रभावित नहुने स्पष्ट पारेका छन् ।

नेकपा (एमाले) बझाङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको भुवो पर्व विशेष सांस्कृतिक कार्यक्रममा उनले सडकमा आन्दोलन गर्दैमा उन्मुक्ति पाइन्छ भन्ने नसोच्न सुझाव समेत दिए ।

जनताको बचत हिनामिना गर्ने व्यक्ति वा संस्थालाई कारबाहीको दायरामा ल्याउनेदेखि सहकारीलाई एकीकृत अनुशासनमा राख्नका निम्ति सरकार अघि बढेको उनले बताए ।

उनले अधिकारसम्पन्न सहकारी नियमन प्राधिकरण र सहकारी संरक्षण कोष बनाउने व्यवस्थाका निम्ति कानुन बनाउन सरकारले अध्यादेश ल्याएको सुनाए ।

मुलुकमा सुशासन कायम गरेर मात्र भ्रष्टाचार नियन्त्रण र आर्थिक विकास सम्भव रहेकाले सरकारको ध्यान त्यसतर्फ रहेको उनले बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्