site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चितवनमा आजदेखि ‘मह उत्सव’
फाइल तस्बिर ।

चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि आजदेखि पुस १५ गतेसम्म मह उत्सव सुरु गर्दै छ । 
 
परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइनेछ ।
 
परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले बजारीकरण,  ‘प्याकेजिङ लेबलिङ’ मा सहयोग गर्दै आएको छ । 
 
आर्थिक वर्ष २०७५/७६ देखि  चितवनमा मौरीजोन स्थापना भएको हो । 

नेपाल मौरीपालक महासंघका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानमा उत्साह भरेको बताए । चितवनमा गत वर्ष आठ सय मेट्रिकटन मह उत्पादन भएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्