site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
२७ वर्षदेखि बन्द टीकापुर विमानस्थल नियमित सञ्चालनमा

काठमाडौं । कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । २७ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल आइतबार सञ्चालनमा आएको हो ।

आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित पाँच कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो पौने २ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो ।

पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी लगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य संघ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाईं लगायतले स्वागत गरेका थिए । विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै टीकापुर नगरपालिकाका प्रमुख प्रमुख थारुले टीकापुरको विमानस्थल ओझेलमा परेको र आझेलमा परेको विमानस्थल जसरी पनि चलाउनुपर्ने भनेर आफू लागिपरेको बताए ।

उनले फलतः हाल विमानस्थल सञ्चालनमा आएको र टीकापुरकै सम्पति भएको बताए । पटक पटकको छलफलबाट विमानस्थल सञ्चालनमा ल्याउन सफल भएको उल्लेख गरे  । विमान अवतरणका क्रममा सयौँको संख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्