site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गण्डकी प्रदेशसभा सदस्य थापाद्वारा शपथ

गण्डकी । गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् ।

नेपाली कांग्रेसको समानुपातिकतर्फबाट निर्वाचित थापालाई प्रदेशसभा सचिवालयमा आयोजित एक कार्यक्रमका बीच सभामुख कृष्णप्रसाद धितालले शपथग्रहण गराएका हुन् ।

प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि रिक्त भएको पदमा बन्दसूचीमा रहेका नामबाट क्रमअनुसार पार्टीको सिफारिसमा थापा निर्वाचित बनेकी हुन् । श्रवणशक्ति गुमेका कारण अरुले बोलेको सुन्न नसक्ने थापाले गण्डकी प्रदेशसभामा अपांगता भएको व्यक्तिहरूबाट समेत प्रतिनिधित्व गर्ने भएकी छन् ।

शपथग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले अपांगता भएका व्यक्ति र आवाजविहीनको लागि नीति, नियम र योजना बनाउन लाग्ने बताइन् । रासस

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्