site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा नेताहरूको कार्यविभाजनबारे छलफल जारी 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ । थपिएका नयाँ सदस्यसहितको बैठक पार्टी केन्दीय कार्यालय आलोकनगरमा बैठक बसेको छ ।

बिहीबार बैठकले स्थायी कमिटीमा १७ जना सदस्य थप गर्ने निर्णय गरेको थियो ।

बैठकले नेताहरूको कार्यविभाजन, पार्टीको कार्ययोजनाबारे छलफल जारी रहेको प्रचार विभागले जनाएको छ । एकीकृत समाजवादीको असारमा भएको १०औँ महाधिवेशनपछि नेताहरूले जिम्मेवारी तोकिएको छैन । जिम्मेवारी टुंग्याउनका लागि कार्यदलसमेत बनाइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्