site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालयमा बैठक बसिरहेको छ । 

बैठकमा उपनिर्वाचनको समीक्षा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिनेलगायत विषयमा छलफल भइरहेको बताइएको छ । 

पुनले पार्टीमा सक्रिय हुन खोजेका छन् । यसअघि नै पार्टीको पदाधिकारी बैठकमा आमन्त्रित केन्द्रीय सदस्यको रूपमा पुन उपस्थित भइसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्