site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिन्धु विकास बैंकको सीईओमा सुरेश देवकोटा

काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार्टर्ड अकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । 

बैंकको यही मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई चार वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।

उनको कार्यकाल आउँदो पुस १ गतेदेखि सुरु हुने बैंकले जनाएको छ । देवकोटा यसअघि नबिल स्टक डिलरका सीईओ थिए ।

उनले यसअघि नेपाल बंगलादेश बैंक र नबिल बैंकलमा समेत विभिन्न पदमा रहेर जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्