site stats
बाह्रखरी :: Baahrakhari
देश
रास्वपा सभापति रविलाई अदालत उपस्थित गराइँदै
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो । 

रविलाई पछिल्लोपटक थपिएको चार दिनको म्याद आज सकिने भएपछि  अदालत उपस्थित गराउन लागिएको हो ।

अझै केही समय हिरासतमै राखेर अनुसन्धान गर्नेगरी म्याद थपको माग गर्न रविलाई अदालत उपस्थित गराउन लागिएको बताइएको छ । 

सहकारी ठगी प्रकरणमा रवि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ परेका रविलाई पटकपटक म्याद थपेर प्रहरीले अनुसन्धान गर्दै आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्