site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर, पाँच वर्ष कैदसहित थप सजाय माग
फाइल तस्बिर ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ । जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता खणिन्द्रराज कटवालले मुद्दा अभियोजन गरेका हुन् ।

 "प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ । पाँच वर्ष कैद र एक लाख जरिवाना मागदाबी गरिएको छ," कटवालले भने, "पटकेमा पनि परेकाले डेढी सजायको मागदाबी गरिएको छ ।"

संगठित अपराधसहितका अभियोगमा भने अनुसन्धान जारी रहेकाले ६० दिनभित्र मुद्दा दायर हुने कटवालले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्