site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

काठमाडौं । दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक–योलको कार्यालय र प्रहरी मुख्यालयमा बुधबार छापा मारेको छ ।

दक्षिण कोरियाको योनहाप समाचार संस्थाका अनुसार, सियोल महानगरीय प्रहरी र राष्ट्रिय प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको छ ।

यो प्रहरी कारबाही राष्ट्रपति युन सुक–योलले 'मार्सल ल' लागु गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा भएको बताइएको छ ।

योनहापको रिपोर्टअनुसार. छापा मार्दा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन् । गत हप्ता मंगलबार र बुधबारको बीचमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले देशमा 'मार्सल ल' लागु गरेका थिए ।

तर, चर्को विरोधपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए । युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठूलो विरोध भइरहेको छ र उनीविरुद्ध अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्