site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन डिस्टिलरीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/०८१ सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश पारितका लागि आगामी पुस २८ गते वार्षिक साधारणसभा गर्ने जानकारी दिएको छ ।

साधारणसभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गर्ने बताइएको छ । बुक क्लोजका आधारमा पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांशप्राप्त गर्नयोग्य हुनेछन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्