site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चाँडै नै संविधान संशोधनको प्रक्रिया सुरु हुन्छ : देउवा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाँडै नै संविधान संशोधनको प्रक्रिया थालिने बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले संसद्मा दुईतिहाइ पुग्ने गरी छलफलपछि संविधान संशोधनको प्रक्रिया सुरु गर्ने उल्लेख गरे । अहिलेको संसदीय प्रणाली नै उपयुक्त भएको र उपराष्ट्रपति भूमिकाविहीन भएकाले राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुनुपर्ने उनले बताए ।

सभापति देउवाले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ऋण नलिने सम्झौता गरेको भन्दै ओलीलाई धन्यवाद दिए । त्यस्तै, उनले दुईदलीय वर्तमान सरकारबाट जनताहरू खुसी रहेको धारणा राखे ।

गगन थापालाई उत्तराधिकारी बनाउन लाग्नु भएको भन्ने प्रश्नमा देउवाले पार्टीको आगामी महाधिवेशन तोकिएको समयमा नै हुने बताउँदै आफूले सभापति उठ्न नपाउने र उत्तराधिकारी आफूले घोषणा गरेर मात्र नहुने उल्लेख गरे ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्