site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पन्ध्र दिनभित्र सुधारका कार्ययाेजना पेस गर्न निगमलाई मन्त्री पाण्डेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् । नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पाण्डेले अहिलेकै अवस्थामा निगम चलाउन नसकिने बताए ।

उनले निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडि बढ्न बताए ।

उनले निगमको आम्दानीको मेरुदण्डको रूपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्धता व्यक्त गरे । उनले हवाई सेवाबाट नाफा कमाउनेतर्फ लाग्नसमेत निगमलाई आग्रह गरे ।

निगमलाई घाटा लगाउने चिनियाँ जहाजको व्यवस्थापनमा समेत मन्त्रालय सकारात्मक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्