site stats
बाह्रखरी :: Baahrakhari
देश
धनगढीमाईका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा
प्रतीकातम्क तस्बिर ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहित पाँचजना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले औषधि खरिद प्रक्रियामा चारलाख ६० हजार ८१० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा धनगढीमाई नगरपालिकाका लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसाद, तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, तत्कालिन जिन्सी शाखा प्रमुख सम्पैत यादव र हेल्पिङ मल्टिपर्पोज प्रा.लि. मैतिदेवी, काठमाडौं तथा उक्त फर्मका प्रबन्ध निर्देशक प्रसाद गौतम छन् ।

अख्तियारले दायर गरेको मुद्दामा प्रत्येकसँग चार लाख ६० हजार ८१० रुपैयाँ बिगो दाबी गरिएको छ । 

धनगढीमाई नगरपालिकाले मिलेमतोमा विक्रेतासँग औषधि खरिद नगरी बिल बनाएर दाखिला नगरी रकम निकासा गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्