site stats
बाह्रखरी :: Baahrakhari
कला
‘बम बहादुर’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सस्पेन्स र थ्रिल देखिन्छ । 

ट्रेलरमा अभिनेता सौगात मल्ल विद्रोही भूमिकामा देखिएका छन् । 

पुस ५ गते रिलिज हुने यो चलचित्रले साहस र संघर्षको कथा भन्ने बताइएको छ । चलचित्रले दार्जिलिङ क्षेत्रको कथा उठान गर्ने बताइएको छ । 

‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षको कथा भन्ने निर्माणपक्षले जनाएको छ । 

सौगात मल्लसँगै चलचित्रमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेललगायतको अभिनय छ । 

चलचित्रलाई जोन राईले निर्देशन गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्