site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लक्ष्मी सन्‌राइज बैंकको डिजिटल अनलाइन भुक्तानी गर्दा रिचार्ज र अन्य उपहार

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकको डिजिटल बैंकिङ प्रवर्द्वन गर्ने वार्षिक अभियानको छैटौँ संस्करण डिजिटल डिसेम्बर २०२४  सुरु भएको छ ।

'उपहारसँगै सहजताको नयाँ परिभाषा' नारासहितको अभियानले डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्ने बैंकले जनाएको छ ।

यसका साथै बैंकका ग्राहक तथा उपभोक्तालाई यस अभियानको क्रममा विभिन्न अफरहरू प्रदान गर्ने र वित्तीय साक्षरता बढाउन कार्यक्रम गर्ने बैंकले बताएको छ ।

अभियानअन्तर्गत डिसेम्बर महिनाभरी मोबाइल मनीमार्फत आफ्नो प्यान (स्थायी लेखा नम्बर) वा एनआइडी (राष्ट्रिय परिचयपत्र)को विवरण अद्यावधिक गर्दा एकसय रुपैयाँ प्राप्त हुनेछ ।

यस्तै, एकसय रुपैयाँ वा बढीको मोबाइल रिचार्ज गर्दा बैंकबाट थप एकसय रुपैयाँको रिचार्ज मिल्नेछ ।

यस्तै, अभियान अवधिभर बैंकको मोबाइल मनी प्रयोगकर्ताले एक मिसकल गरी बिजुलीको बिल तिर्न सक्ने भएका छन् ।

डिसेम्बर महिनाभरी मिसकलमार्फत बिल भुक्तानी गर्ने ग्राहकले पनि एकसय रुपैयाँको रिचार्ज पाउने छन् ।

बैंकका अनुसार ग्राहकहरूले डिसेम्बर महिनाभरी क्रेडिट कार्डको आवेदन दिई सेवा लिएमा पाँच वर्षको वार्षिक शुल्कमा छुट पाउने जनाएको छ ।

यस्तै ‘आज किनौँ, भोलि तिरौँ’ अभियानअन्तर्गत क्रेडिट कार्डबाट ३० हजार बढीको खरिदमा प्रोसेसिङ शुल्क र ब्याजबिना किस्ताबन्दीमा भुक्तानी गर्न सकिने भएको छ ।

बैंकका क्यूआर सेवाग्राही व्यवसायी (फोनपे मर्चेन्ट)ले विभिन्न भारतीय मोबाइल वालेटमार्फत डिसेम्बर महिनाभरी भुक्तानी लिँदा लक्की ड्रबाट विभिन्न पुरस्कार जित्नसक्ने बैंकले जनाएको छ ।

अभियानको एक मुख्य हिस्साका रूपमा डिजिटल वित्तीय सेवाप्रदायकसँगको सहकार्यमा देशका विभिन्न स्थानमा वित्तीय चेतनासम्बन्धी अन्तरक्रियात्मक 'डिजिटल संवाद' पनि आयोजना गर्ने बताएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्