site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछानेसँग आज पनि लिइयो बयान

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा शुक्रबार सुरु भएको बयानलाई आइतबार पनि निरन्तरता दिइएको हो ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा लामिछानेसँग बयान लिइएको सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।

बयानका लागि लामिछानेलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो । सभापति लामिछानेको बयान सकिएपछि पुनः पोखरा नै पठाउने तयारी प्रहरीको तयारी छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्