site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बीआरआईका विषयमा संसद्‌मा पर्याप्त छलफल गरेर मात्रै हस्ताक्षर : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बीआरआईका विषयमा संसद्‌मा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।

कोइरालाले बीआरआईका विषयमा कांग्रेस–एमालेले तयार गरेको दस्ताबेजलाई गहन छलफल गरेर यदि ठिक छ भने चिनियाँ पक्षलाई कन्भिन्स गर्नुपर्ने बताए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोइरालाले बीआरआई जस्तो संवेदनशील विषयलाई सडकमा ल्याएर उराल्ने काम भएको बताएका छन् ।

बीआरआईका विषयमा नेपाली जनताले राम्रोसँग बुझ्दै नबुझेको, उनीहरूले केवल ऋण वा अनुदान भन्ने मात्रै बुझेको कोइरालाले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्