site stats
बाह्रखरी :: Baahrakhari
देश
विदेश पठाउने नाममा साढे १७ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिने नाममा १७ लाख ४५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मकनवानपुर बकैया गाउँपालिका–५ का ३९ वर्षीय सुवर्णकुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ की २८ वर्षीया मनिषा कुमारी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपछि विदेश नपठाई सम्पर्कविहीन हुने गरेको पाइएको छ ।

Argakhachi Cement Island Ad

यसैगरी पक्राउ परेकामध्ये बलले एकजनालाई क्रोएसिया पठाउने भन्दै १५ लाख तथा मनिषाले एकजनालाई दुबई पठाउने भन्दै दुई लाख ४५ हजार रकम लिएको खुल्नमा आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

दुवै जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  २३:१७
प्रतिक्रिया दिनुहोस्