site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त 
फाइल तस्बिर ।

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई राजदूत नियुक्त गरेका हुन् ।

यसअघि, संसदीय समितिले अस्ट्रेलियाको राजदूतमा यादवलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको थियो । अस्ट्रेलियाबाट एग्रिमो आएसँगै यादवलाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।

गत भदौ १४ गते मन्त्रिपरिषद् बैठकले यादवलाई राजदूतमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्