site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा 

काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई आइतबार उनले राजीनामापत्र बुझाएका हुन् ।

राजीनामापत्र प्राप्त भइसके पनि स्वीकृत हुन बाँकी रहेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

गएको असार १८ गते अधिकारी सचिवमा नियुक्त भएका थिए । नियुक्तिको पाँच महिनामा नै उनले पदबाट राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्