site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको शक्ति प्रदर्शन आज, एक लाख नागरिक सडकमा उतार्ने तयारी

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले आज सडकमा शक्ति प्रदर्शन गर्दैछ । एमालेले एक लाख मानिस सडकमा उतारेर ‘जागरणसभा’ गर्न लागेको हो । 

कार्यक्रमका संयोजकसमेत रहेका वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराईका अनुसार जागरणसभा दरबारमार्गमा हुनेछ । 

जागरणसभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।  

भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ । बिहान साढे ११ बजे जुलुस सुरू गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुने भट्टराईले बताएका छन् । सुरुमा भट्टराई संयोजक रहे पनि अहिले उनी कम्बोडियामा रहेकाले यो जिम्मेवारी वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेललाई दिइएको छ । 

एमाले उपमहासचि प्रदीप ज्ञवालीले अराजकता र निराशालाई चिर्न जागरणसभा गर्न लागिएको बताएका छन् । उपमहासचिव ज्ञवालीले अराजकता र लोकतन्त्रसँगै जान नसक्ने बताए । 

एमालेले उपनिर्वाचन लक्षित गरेर कार्यक्रम गर्न लागेको हो । मंसिर १६ गते स्थानीय तहमा रिक्त रहेका ४२ पदमा उपनिर्वाचन हुँदै छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्