site stats
बाह्रखरी :: Baahrakhari
देश
कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर गयो भूकम्प

काठमाडौं । काठमाडौंको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबार राति १०:४६ बजे २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि आज बिहान कास्की र मनाङको सिमानामा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  २३:५३
प्रतिक्रिया दिनुहोस्