site stats
बाह्रखरी :: Baahrakhari
देश
कस्तो हुनेछ आजको मौसम ?
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भू–भागमा वर्षा र हिमापातको सम्भावना छ । पहाडी भू–भागका एकदुई स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।   

विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 

आज राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०६:१३
प्रतिक्रिया दिनुहोस्