site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘मनलाई जिते जित’ लोकार्पित

काठमाडौं । आचार्य श्री महाप्रज्ञको पुस्तक ‘मनलाई जिते जित’ सार्वजनिक गरिएको छ । काठमाडौंको कमलपोखरीस्थित जैन भवनमा आयोजित कार्यक्रममा ग्रन्थकार आचार्य श्री महाप्रज्ञको धर्म परम्पराका सन्त तथा प्रेक्षा ध्यान साधक मुनि श्री रमेश कुमार जी, प्रकाशक शेखर गोल्छा, लोकमान्य गोल्छालगायत व्यक्तिहरूले पुस्तकको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा प्रकाशक गोल्छाले भने, “मनलाई जिते जित एक आध्यात्मिक ग्रन्थ हो । यस ग्रन्थका प्रवचनकार अध्यात्म दर्शनका विशिष्ट विद्वान्, महान् दार्शनिक, ध्यानयोगी, लेखक र विचारक तेरापन्थ धर्म संघका महान् आचार्य हुनुहन्थ्यो ।”

‘मनलाई जिते जित’मा आचार्य श्रीद्वारा ध्यान शिविरमा सहभागी साधकसाधिकाका निम्ति दिइएका प्रवचनहरू समावेश छन् ।

‘मनलाई जिते जित’ उनका पुस्तक शृंखलामध्येको अग्रज ग्रन्थ हो । उनका प्रवचनहरूको सँगालोका रूपमा यी पुस्तकहरूको सम्पादन सुविज्ञ मुनिहरूद्वारा गरिएको हो । हिन्दीलगायत भाषामा यो ग्रन्थका २०औँ संस्करण प्रकाशित छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्