site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उदयपुरमा १६ जनाको उमेदवारी दर्ता

काठमाडौं । उदयपुरका त्रियुगा र बेलका नगरपालिकाका एक/एक वडामा हुन लागेको उपनिर्वाचनमा १६ जनाले उमेदवारी दर्ता गराएका छन् । त्रियुगा–१२ मा एक स्वतन्त्रसहित नौ र बेलका–९ मा सातजनाले उमेदवारी दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी दीपक दाहालले जानकारी दिए ।

०७९ वैशाख २० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्षहरू त्रियुगा–१२ का चुडाराज काफ्ले र बेलका–९ का पदम खड्काको निधनपश्चात् रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्